
धादिङ अस्पताललाई नेशनल माईक्रो फाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २ लाख ५० हजार सहयोग गरेको छ ।
अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद गर्नको लागि लघुवित्तले सहयोग गरेको नेशनल माईक्रोेफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले जनाएको छ ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्था वि.स.२०७१ असार १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको हो । वित्तिय संस्थाले ६ वर्षमा ४७ वटा जिल्लामा ६५ वटा शाखा मार्फत सेवा दिइरहेको छ ।
देशभर १ लाख ४ हजार भन्दा बढी विपन्न परिवारलाई सेवा पु¥याइरहेको छ । धादिङ जिल्लामा भने नीलकण्ठ नगरपालिकाको धादिङबेसी र गोगनपानीमा शाखा रहेको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड रहेको र सदस्यहरुबाट १ अर्ब ९५ करोड भन्दा बढी बचत संकलन गरेको छ ।
संस्थाले विपन्न परिवारलाई कुखुरा पालन, तरकारी खेती, वाख्रा पालन, वंगुर पालन, साना व्यावसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आइरहेको छ ।