
धादिङमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै असार ८ गतेसम्मको लागि लम्बिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले धादिङ जिल्लाभित्र कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई व्यवस्थित गर्न जारी निषेधाज्ञालाई असार ८ गते राति १२.०० बजेसम्म लम्बाएको हो ।
खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ र फ्रेस हाउस तथा मासु पसल लगायतका अत्यावश्यक पसलहरू, विकास निर्माणजन्य सामग्री (छड, सिमेन्ट, बिद्युतका सामग्रीहरु, स्यानिटरी, हार्डवेयर) पसल, पुस्तक पसल र प्रिन्टिङ प्रेस बिहान ६.०० बजेदेखि ११.०० बजेसम्म खुल्ला गर्न सकिने निर्णय गरेको छ ।
त्यसैगरी कोभिड–१९ को दोस्रो लहर पश्चात कोरोना जोखिम संक्रमण रोकथाम तथा नियन्त्रण गर्न विभिन्न संघ संस्थामार्फत स्थानीय तहहरूमा प्राप्त भएका उपकरण तथा सहयोग सामग्रीहरूको विवरण स्वास्थ्य कार्यालय, धादिङले सम्बन्धित स्थानीय तहसँग माग गर्ने, आगामी दिनमा सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू संघ संस्थाले हस्तान्तरण गर्दा स्वास्थ्य कार्यालय, धादिङसँग समन्वय गरेर मात्र गर्ने, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी खटिई, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी नियमित बैङ्किङ कारोबार गर्न सकिने भएको छ ।