विश्व रक्तदान दिवसको अवसरमा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ७ जना महिला र ७२ जना पुरुष गरी ७९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको प्राविधिक सहयोग रहेको थियो ।

Facebook Comments