बुढिगण्डकी नदिले बगाएर वेपत्ता बनाएका ३ जना मध्ये १ जनाको शव फेला परेको छ भने २ जना अझै वेपत्ता छन् ।

वेपत्ता भएका २१ वर्षिय दिनेश नेपालीको सोमबार विहान शव भेटिएको हो । दिनेशको शव गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ सिउरेनीटार स्थित बुढिगण्डकी नदिको किनारमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

वेपत्ता भएका २२ वर्षिय सुवास नेपाली र १९ वर्षिय सन्तोष नेपालीको भने खोजी कार्य भईरहेको छ । गत मंगलबार मलामी गएर बुढिगण्डकी नदिमा नुहाउने क्रममा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३ जना युवाहरु वेपत्ता भएका थिए ।

 

Facebook Comments