
टेलिभिजनमा प्रशारण भएको समाचारलाई लिएर जनता टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघ धादिङका सदस्य शिखा श्रेष्ठलाई धम्की दिएको प्रती नेपाल पत्रकार महासंघ धादिङले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोन सम्पर्क गरि अपशब्द प्रयोग गर्दै गाली गलौज गरि फोनबाटे धम्की दिएको प्रती नेपाल पत्रकार महासंघ धादिङ शाखा गम्भीर ध्यानकर्षण भएको छ विज्ञप्तीमा उल्लेख छ ।
प्रसारित समाचार प्रती चित्त नबुझे या गुनासो भए त्यस उपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्रहत्या हुने र आत्मा सम्मानमा चोट पुग्ने किसिमले गाली गर्नु प्रेस स्वतन्त्रता विरोधी काम भएकोले पत्रकारलाई पेशा प्रति हतोत्साहित बनाउने क्रियाकलाप प्रतिको घोर भत्र्सना समेत गर्दछ विज्ञप्तीमा भनिएको छ ।
यस्तै पत्रकार महासंघ धादिङले पत्रकारलाई धम्क्याएको घटनाको यथार्त छानविन गरि दोषीमाथी कानूनी कारवाही र पत्रकारको सुरक्षाको विशेष ध्यान दिन सम्बन्धीत निकायसँग पनि माग गरेको छ । राहत वितरण गर्न जाँदा स्थानिय र सामाजिक अभियन्ता बताउने शाही समूह विच भएको झडपको विषयमा जनता टेलिभिजनले प्रशारण गरेको समाचारलाई लिएर शिखा श्रेष्ठ सँगै पत्रकार धिरज बस्नेतलाई फोनबाट धम्की दिएको थियो ।