दलित विद्यार्थिहरुलाई निशुल्क शिक्षा लगायत दलित समुदायको १२ बुदे माग सम्बोधनका लागि जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा ज्ञापनपज्ञ बुझाएका छन्  । निलकण्ठ नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

धादिङमा गत २०७७ चैत ८ गतेदेखि १२ बुदे माग सम्बोधन लागि ज्ञापनपत्र बुझाउने, आन्दोलन गर्ने, पटकपटक धर्ना तथा जुलुस गरि संघर्ष गर्दा पनि नगरपालिकाबाट कुनै सम्बोधन नभएपछि शुक्रबार फेरि ज्ञापनपत्र बुझाउन बाध्य भएको दलित महिला जनप्रतिनिधिहरुले बताएका छन् ।

१२ बुदे मागअन्तर्गत नीलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण विद्यालय तथा क्याम्पसहरुमा दलित विद्यार्थिहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था गरिनुपर्ने, छात्रावासको व्यवस्था, दलित मैत्रि बनाउनका लागि नगर शिक्षा ऐन संसोधन गरिनुपर्ने, एक विद्यालय एक दलित शिक्षक करारमा नियुक्ती गर्नुपर्ने, दलित समुदायका युवाहरुको लागि स्वरोजगार कोष खडा गरी रोजगारी लागि वातावरण सृजना गर्नुपर्ने लगायतका रहेका छन् ।

यस्तै शुक्रबार जनप्रतिनिधिहरुले नगरप्रमुख भिमप्रसाद ढुङ्गानालाई ज्ञापनपत्र बुझाएका थिए तर नगर प्रमुख ढुङ्गानाले ज्ञापनपत्र बुझे पनि केही प्रतिक्रिया नदिएपछि उपप्रमुख मनराज भण्डारीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझाउन आएका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७/०७९ को नीति तथा कार्यक्रममा दलित विद्यार्थी तथा दलित समुदायको विषयलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

यस्तै ज्ञापनपत्र बुझ्दै उपप्रमुख मनराज भण्डारीले नगरपालिकाका दलित समुदायको जायत माग सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो । नगरपालिकाले दलित विद्यार्थीहरुको निशुल्क शिक्षाको लागि पनि छलफल गरि कार्ययोजना बनाउने तयारी गरेको समेत बताउनुभयो ।

Facebook Comments