तस्विर : शंकार श्रेष्ठ

४० हजार घुस सहित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आईतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौलेललाई पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ परेका हुन् ।

केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको र त्यहि मुद्धा मिलाउन भन्दै प्रमुख पौडेलले ४० हजार घुस मागेका थिए । पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने बताईएको छ ।

पक्राउ परेका पौडेलले विगत ९ महिनादेखी निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Facebook Comments