फोन लगाउदा नलाग्ने, ईन्टरनेट नचल्ने समस्या तपाईको मोवाईलमा पनि भएको हुनसक्छ । तपाईको मात्र होईन आज विहानैदेखी नेपाल नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आउँदा देशैभरका एनटिसि प्रयोगकर्ता समस्यामा छन् ।

बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।

टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।

 

Facebook Comments