१० असार,धादिङ ।
धादिङको धुनिवेशी नगरपालिकाको नवौं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ७७ करोड २५ लाख २८ हजार ७०० रुपैँया बराबरको बजेट विनियोजन गरिएको छ । धुनिवेशी नगरपालिकाका उपप्रमुख नीरु खरेलले आन्तरिक आय, अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड र अन्य विविध आय स्रोतहरुबाट कोषको व्यवस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो ।
प्रस्तुत बजेटमा राजस्वतर्फ २१ करोड ९० लाख ८३ हजार ५ सय ५८, आन्तरिक स्रोततर्फ ८ करोड ८४ लाख ९४ हजार, एकिकृत सम्पत्ती कर २५ करोड, व्यवसाय कर ५ करोड ६८ लाख २२ हजार रहने नगरपालिकाले प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७ /0७८ को नगद मौज्दात ११ करोड ७९ लाख ७५ हजार १ सय ४२ रहेको छ । संघिय सरकार अन्र्तगतको अनुदान रकम १६ करोड २० लाख, शसर्त अनुदान चालु तर्फ १७ करोड ४८ लाख, शसर्त अनुदान पुँजीगत तर्फ २८ करोड, विशेष अनुदान चालुतर्फ ८३ करोड, प्रदेश सरकारको तर्फबाट ६ करोड २६ लाख ७० हजार चालु आर्थिक बर्ष २०७८/0७९ को अनुमानित आय रहेको छ ।
कुल विनियोजन बजेटको ४९.५८ प्रतिशत चालु खर्च र पुँजिगत तर्फ ५०.४२ प्रतिशत खर्चको अनुमान गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ६ करोड ६२ लाख ५ हजार, सामाजिक विकास क्षेत्र तर्फ २९ करोड १ लाख ७३ हजार ७०० बजेट विनियोजन गरिएको छ । साथै पुर्वाधार विकास क्षेत्र तर्फ २५ करोड ९८ लाख ७४ हजार , सुशासन तथा अन्र्तसम्बन्धि क्षेत्र तर्फ ६५ लाख २५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९७ लाख ५१ हजार रुपैँया बराबरको बजेट सहितको कार्यक्रम ल्याएको हो ।