
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि बजेट बिनियोजन गरेको छ ।
विहिबार सम्पन्न नवौं गाउँसभाले ६३ करोड ३२ लाख ६६ हजार ८ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँसभाले दिगो वातावरणमैत्री भौतिक पुर्वाधार, कोभिड १९ को महामारी व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र कोभिड नियन्त्रण र उपचारलाई प्राथमिकता दिइएको छ ।
साना उद्यम र पसुपालनलाई व्यवसायिकरणलाई जोड दिइएको छ । गाउँपालिकाभित्र रहेका प्राकृतिक श्रोत साधनको प्रयोग, कृषि पेशाको ब्यवसायीकरण, पर्यटन प्रबर्द्धनलाई जोड दिदै गरिबी निवारणमा टेवा पुग्ने खालका नीति तथा कार्यक्रमहरु ल्याइएको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले बताउनु भयो ।

आर्थिक, सामाजिक, पुर्वाधार विकास, विपद व्यवस्थापनको क्षेत्रमा पालिकालाई समृद्ध बनाउने उद्देश्य सहित बजेट प्रस्तुत गरिएको उहाले बताउनु भयो । गाउसभाकै अवसरमा बर्षभरी उत्कृष्ट काम गर्ने २ जना कर्मचारीलाई गाउपालिकाले नगद १०/१० हजार प्रदान गरेको छ ।
यस्तै विहिबार सिद्धलेक, ज्वालामुखी, बेनिघाटरोराङ, गंगाजमुना, खनियाबास, गल्छी गाउपालिका र धुनिवेशीं नगरपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम आजै सार्वजनिक गरेको छ । निलकण्ठ नगरपालिकाले असार ७ गते १ अर्व २ करोड १२ लाख ७७ हजार ५ सय २५ रुपैयाको बजेट बिनियोजन गरिसकेको छ भने थांक्रे गाउँपालिकाले भने बुधबार नै कुल ८१ करोड ६ लाख ६३ हजार को बजेट तथा कार्यक्रम पारित गरिसकेको छ ।