डिभिजन वन कार्यालय धादिङले विभिन्न प्रजातिका बोटविरुवा वितरण गरिरहेको छ ।

विहिबारदेखी निशुल्क विरुवा वितरण गर्न सुरु गरेको कार्यालयले आजसम्म लगभग ५० हजार बोट विरुवा वितरण गरेकोे डिभिजन वन कार्यलय धादिङका सहायक वन अधिकृत लोकनाथ लंसालले बताउनुभयो ।

वन कार्यालयले उत्पादन गरेको वनस्पती ७३ हजार र फलफूलका विरुवा १८ हजार ३ सय गरि ९१ हजार ३ सय ओटा विरुवा उत्पादन गरि वितरण गरेको हो ।

वन कार्यालयले व्यक्तीलाई ३० ओटा सम्म, संस्थालाई ३ सय र सामुदायिक वनलाई २ हजार ओटा सम्म विरुवा वितरण गरिरहेको लंसालले बताउनुभयो । धादिङमा सबैभन्दा बढि डाले घाँसको विरुवा माग रहे पनि माग अनुसार वितरण गर्न नसकिएको लंसालले बताउनुभयो ।

अहिले वन कार्यालयले उत्पादन गरेको वनजन्य विरुवामा मेन्दोला, खयर, हर्रो, सिसौं, लप्सी, टाँकी, चिउरी, चाँप, भुजेत्रो, इपिल, कपुर, निमारो, रिठ्ठा, खोटे सल्ला, धुपि, कल्कि, मसला, र फलफुल जन्य विरुवामा कागती, अम्बा, अमला, कटहर, लप्सी, चिउरी रहेको छ ।

वृक्षारोपणलाई दिगो बनाउने र शहरमुखी विरुवाहरुलाई बहुवर्षिय रुपमा ठुलो विरुवा बनाएर ठुलो विरुवा रोप्न प्रोत्साहन गर्ने लक्ष्य लिएर काम अघि बढाइरहेको सहायक वन अधिकृत लंसालले बताउनुभयो ।

Facebook Comments