धादिङमा भोलि बुधबारबाट सार्वजनिक सवारी साधन चल्ने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति धादिङको बुधबारबसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आलोपालो गरि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

आलोपालोको व्यवस्था यातायात कम्पनीहरुले आपसी समन्वयमा मिलाउन आग्रह गरेको छ । बैठकले सार्वजनिक यातायातमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको छ भने जिल्लाभित्र संचालन हुने जीप, कार, डेलिभरी भ्यान र ट्याक्सीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरि चालक सहित बढीमा चार जना राखी संचालन गर्न पाउने निर्णय गरेको छ ।

यस्तै बैठकले सार्वजनिक सेवा र विकास निर्माणसँग सम्बन्धित सम्पुर्ण सरकारी कार्यालयहरुले स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरि सेवाग्राहीको चाप हेरी आलोपालो प्रणाली कायम गरि असार १६ गते भोलिबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

यस्तै अर्काे निर्णय नहुञ्जेलसम्म बिहान ६ बजे देखि अपरान्ह ४ बजे सम्म पसल व्यवसाय संचालन गर्न दिने भएको छ । होटेल रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटीपार्लर भने अझै संचालन गर्न नपाउने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा थप खुकुलो बनाउदै असार २२ गते राति १२ बजेसम्म लम्ब्याएको छ ।

Facebook Comments