धादिङको गजुरी गाउपालिका वडा नम्बर ५ पिडा स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सेवा बुधबारबाट सञ्चालनमा आएको छ ।

गाउँपालिकाले ७ लाख लागतमा बुधबारबाट पिंडा स्वास्थ्य चौकीमा ल्याव सेवाको सुरुवात गरेको हो । ल्यावबाट दिसा, पिसाब, रगत लगायतका २५ वटा भन्दा बढिको परीक्षण गर्न सक्ने गजुरी गाउपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले जनाकारी दिनुभयो ।

ल्याव सेवाको लागि गाउपालिकाले करारमा १ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । स्वास्थ्य चौकिमा ल्याव सेवा नहुदा स्थानियहरु सेवाको लागि गजुरी बजार जानु पर्ने बाध्यता थियो तर बुधबारबाट पिडा स्वास्थ्य चौकीमा नै ल्याव सेवा सुरु भए पछि खुसी भएका छन् ।

गाउपालिकाका ३, ४, ५, ६ र ७ का स्थानियले सेवा दिन सक्ने पनि स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले बताउनुभयो ।

Facebook Comments