
३ वर्षदेखी धादिङको मलेखुमा संञ्चालित टिचिङ अस्पतालले जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यलाई सहुलियत उपचार सेवा दिने भएको छ । अस्पतालका संचालक निराजन कँडेल र सहकारीका तर्फबाट अध्यक्ष देव प्रसाद त्रिपाठीले सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सेवाको शुभारम्भ गरिएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर भएसंगै अव जनकल्याण सहकारीमा आवद्ध सम्पुर्ण शेयरसदस्यहरुले स्वास्थ्य उपचारका लागी मलेखुस्थित् टिचिङ अस्पतालमा जाँदा उपचार सेवामा सहुलियत पाउने छन् । अस्पतालका अनुसार अव जनकल्याण सहकारीका सदस्यहरुले उपचारका क्रममा ओपिडी र ईमेरजेन्सी टिकटमा रु. ५० छुट पाउनेछन् । त्यस्तै ईसिजी, ईको भिडियो एक्स रे, ईन्डोस्कोपी, ईको कार्डियोग्राफी, ल्याब्रोटरी चेकजाँच लगायतमा १५ प्रतिशत छुट दिईने छ ।
त्यस्तै बिरामीको मेजर अप्रेसन गर्नुपरेमा ड्रेसिङ र अक्सिजन सेवामा, बिरामी भर्ना तथा डाक्टर र बेड चार्ज सेवामा समेत १५ प्रतिशत छुटको व्यबस्था गरिएको छ । सहकारीका शेयर सदस्यहरुले होल बडी चेकजाँच गराउन चाहेमा भने २० प्रतिशत छुटको व्यबस्था गरिएको छ । त्यस्तै अस्पतालमा मेडिकल र सर्जिकल सामाग्री खण्रिद गर्दासमेत ७ प्रतिशत छुटको व्यबस्था छ । उता सहकारीका कर्मचारीहरुका लागी भने ईसिजी, ईको भिडियो एक्स रे, ईन्डोस्कोपी, ईको कार्डियोग्राफी, ल्याब्रोटरी चेकजाँच, मेजर अप्रेसन, ड्रेसिङ र अक्सिजन सेवा, भर्ना तथा डाक्टर र बेड चार्ज सेवा लगायतमा २५ प्रतिशत छुट हुने् जनाईएको छ ।
त्यस्तै होल बडी चेकजाँच गराउन चाहेमा सहकारीका कर्मचारीहरुका लागी ३० प्रतिशत छुटको व्यबस्था हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । करीब ३ बर्ष पहिले त्री बि शिक्षण अस्पातल महाराजगन्ज काठमाण्डौसंगको सहकार्यमा गजुरी २ मलेखुमा संचालन गरिएको उक्त अस्पतालले एम.बि.बि.एस मेडिकल अफिसरद्वारा २४ सै घण्टा स्वास्थ्य सेवा सुरु गरेको छ । अस्पतालले हप्ताको सातै दिन २४ सै घण्टा बिशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने गरेको छ ।
हाल अस्पतालले आकस्मिक सेवा, बाल रोग बिशेसज्ञ सेवा, प्रसुती तथा महिला रोग बिशेसज्ञ सेवा, छाला, चर्म तथा योन रोग बिशेसज्ञ सेवा, हार्ड जोर्नी तथा नशा रोग बिशेसज्ञ सेवा, मुटु, फोक्सो, पेट, कलेजो तथा मिर्गौला रोग बिशेसज्ञ सेवा, सुगर, थाइराइड तथा हर्मोन रोग बिशेसज्ञ सेवा, भिडिओ एक्स रे बिशेसज्ञ सेवा, होल बडी चेक अप बिशेसज्ञ सेवा, एपेन्डिसाइटिसको अपरेशन सेवा, बच्चा पाउने अपरेशन सेवा, हाइड्रोसिल, हर्निया आदिको अपरेशन सेवा, समान्य चिकित्सा सेवा , हरेक दिन पिसिआर परिक्षण गरी भोली पल्टै रिपोर्ट दिने सेवा दिने गरेको छ ।
त्यस्तै पछिल्लो समय अस्पतालमा १० बेडको कोभिड वार्ड र ५ बेड को आइसोलेसन वार्डसमेत संचालन गरिएको अस्पतालका जनरल म्यानेजर कमल कडेलले जानकारी दिनुभयो ।