सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्मकोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएकोे हो । मन्त्रालयकाअनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या ३ लाख ७० हजार छन् । धादिङमा पनि भोलिबाट ६० वर्षदेखि ६४वर्ष उमेरका जेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्रा लगाउने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङमा भोलि बुधबार एकैपटक ५३ वटा खोप केन्द्रबाट खोप सेवा दिन लागेको स्वास्थ्य कार्यालयका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । धादिङमा भेरोसेलको पहिलो खोप लगाएका ५ हजार १३ जनालाई दोस्रो खोप दिन लागेको पोखरेलले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको कार्ड लिएर खोप केन्द्रमा पुग्न स्वास्थ्य कार्यालयले सुझाव दिएको छ । भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

Facebook Comments