धादिङको गजुरी गाउँपालिकाले जथाभावी खानीजन्य पदार्थहरु उत्खनन् नगर्न अनुरोध गरेको छ ।

शुक्रबारएक सूचना जारी गर्दै गाउपालिकाले यस्तो अनुरोध गरेको हो । गाउँपालिका क्षेत्र भित्र जेसिबि, एक्साभेटर लगायत हेभी ईक्वीपमेन्ट प्रयोग गरि अवैध रुपमा उत्खनन् भईरहेको जानकारी आएकाले त्यस्ता कार्य रोक्न गाउँपालिकाले अनुरोध गरेको हो ।

पालिकाले अनुरोध गर्दा पनि कानून विपरित यस्ता गरे गराएमा नियम अनुसार कारवाही समेत हुने प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Facebook Comments