२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आँबुखैरेनीको डम्पिङ भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

आँबुखैरेनीको डम्पिङ भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

तनहुँको आँबुखैरेनीमा भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन्।

मंसिर १२ गते साँझ करिब ६ः१० बजे आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको छेउबाट भिरमा खसेर चितवन भरतपुर महानगरपालिका–६ चोकबजारका १५ वर्षीय अंकित गुरुङ बेपत्ता भएका हुन्।

पारिजात माध्यमिक विद्यालय, भरतपुरको बसमा भ्रमण सकेर पोखराबाट चितवन फर्किने क्रममा बसबाट ओर्लिएर पिसाब फेर्न सडक छेउमा जाने क्रममा उनी करिब ५०–६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर खोजी कार्य जारी राखेको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल