२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

५५ औं रक्तसंञ्चार दिवश धादिङमा पनि मनाईयो, धादिङका नागरिकले रगत निशुल्क पाउने

५५ औं रक्तसंञ्चार दिवश धादिङमा पनि मनाईयो, धादिङका नागरिकले रगत निशुल्क पाउने
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङबेसिमा ५५ औँ रक्तसञ्चार स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १३ जना पुरुष र ४ जना महिला गरी जम्मा १७ जनाले रगतदान गरेका छन् ।

यस्तै धादिङमा आर्थिक वर्ष ०७७/०७८ मा ६६९ जना महिला र २ हजार ९७ जना पुरुष गरी कुल २ हजार ७६६ स्वयमसेवी रक्तदाताले रक्तदान गरेको रक्त संचारकेन्द्र धादिङले जनाएको छ । यस अवधिमा जिल्लाका विभिन्न ३० ठाउँहरुमा रक्तदान कार्यक्रम भएको र जसमा रगत दिनेमा महिलाको तुलनामा पुरुष धेरै रहेका छन् ।

धादिङमा यो वर्ष भने ५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्री एवं समाजसेवी नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

साथै धादिङका नागरिकहरुले यो आर्थिक वर्षबाट रगत निशुल्क पाईने उहाँले बताउनुभयो । दुर्घटनामा परि घाईते भएका वा रगत आवश्यक पर्नेहरुलाई निशुल्क उपलब्ध हुने श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।