२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
सेयर गर्नुहोस्
०सेयर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बस्नेछ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्र्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिनुभयो ।

तर एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताउनुभएको छ । नेपाल समूह पार्टी फुटाउने गरी अघि बढेपनि कोही पनि पार्टीको घेरा भन्दा बाहिर नजाओस् भनेर कारबाही नगरिएको तामाङले बताउनुभयो । तर सरकारमा सहभागि हुने गरी निर्णय गरे त्यो जघन्य अपराध हुने र त्यसै अनुसार कारबाही गरिने तामाङले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।