
धादिङका ४८ जनामा विहिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ६ जना, धुनिबेसी नगरपालिकामा ६ जना, गल्छी गाउपालिकामा २ जना, गजुरी गाउपालिकामा ४ जना, ज्वालामुखि गाउपालिकामा ४ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ६ जना, थाक्रे गाउपालिकामा १ जना र धादिङ्ग हस्पिटलमा १८ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
विहिबार एन्टीजेन परिक्षण गरीएका २ सय २९ जनामध्ये ४८ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय ७६ पुगेको छ ।
संक्रमितमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ७२ रहेका छन् । विहिबार २४ जना डिस्चार्ज भएका छन् । विहिबार गंगाजमुना गाउपालिकामा १८ जनाको स्वाब संकलन भएको छ ।