मंसिर १९, धादिङ ।
पहिलो चरणमा मतदान भएका जिल्लामा बिहीबार बेलुकी ५ बजे लगत्तै मतगणना हुने भएको छ । धादिङमा पनि मंसिर २१ गते बेलुकी ५ बजे पछि मतगणना गर्ने जिलला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लामा मतपेटिका संकलन भईसकेको र मतगणनाको लागि आवश्यक सबै तयारी पूरा भईसक्ने हुनाले मतगणनामा ढिलाई नहुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

दोस्रो चरणका केही ठाउँमा बेलुकी ५ बजे मतदान सकिएन भनेपनि पहिलो चरणको चुनाव भएका जिल्लामा ५ बजेलगत्तै मतगणना सुरु गर्न पाइने छ । दोस्रो चरणमा चुनाव भएका केही जिल्लामा पनि त्यही दिन मतगणना सुरु हुने आयोगले जनाएको छ । धादिङमा १ लाख १७ हजार ७ सय ८ जना पुरुष,  १ लाख १५ हजार ७ सय ९६ जना महिला र १ जना तेस्रोलिङगी गरी २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता मध्ये ७७ हजार १ सय २० मतदाताले मतदान गरेका छैनन् ।

Facebook Comments