
धादिङमा कोरोना सक्रिय संक्रमितको संख्या घटेको छ ।
शनिबार सम्म जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या १ सय ९६ मा झरेको छ । शनिबार थप २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
धादिङ्ग हस्पिटलमा २० जनामा गरिएको एन्टीजेन परिक्षण मध्ये ६ जना कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा ७ र होम आइसोलेसनमा १८९ रहेका छन् । जिल्लामा शनिबार स्वाब संकलन नभएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
कोरोना संक्रिय संक्रमितको संख्यामा कमि आएको भएपनि स्वास्थ्य सुरक्षाका मपदण्ड भने अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताउनुभयो ।