भाद्र ९, धादिङ ।

नेपाली कांग्रेसको संस्थापन ईतर समूहका जिल्ला सभापतीहरु आन्दोलित भएका छन् । तोकिएकै समयमा स्थानिय तह, निर्वाचन क्षेत्र, प्रदेश र केन्द्रिय महाधिवेशन सम्पन्न गराउनुका साथै क्रियाशील सदस्यहरुको नाम सार्वजनिक गर्नुपर्ने लगाएतका माग राखेर जिल्ला सभापतीहरु रिले अनशनमा बसेका छन् । आफूहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्व इच्छुक नभएको भन्दै नेपाली कांग्रेस धादिङका सभापती रमेश धमला, नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापती मधु आचार्या, युवा नेता रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा बसेका छन् । रिले अनसन २४ घण्टाको हुने जनाएको छ । जिल्ला सभापतीहरुको माग समयमै पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी जिल्ला सभापतीहरुले दिएका छन् ।

यस अघि साउन ३० गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले कृष्ण प्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाइ क्रियाशिल सदस्यता सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी दिएको थियो । जिल्ला सभापतीहरुको रिले अनसनलाइ सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्रप्रसाद वडु, चित्रलेखा यादव लगाएतका नेताहरु नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपा पुगेर समर्थन जनाएका छन् ।

 

Facebook Comments