
धादिङको गंगाजमुना गाउपालिकाले तिज गित प्रतियोगिता गर्ने भएको छ ।
हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा भदौ २० गते तिज गित प्रतियोगिता गर्न लागेको गाउ
पालिकाले सुचना नै जारी गरेको छ । गाउपालिकाले प्रकाशन गरेको सुचनाअनुसार गाउपालिकाको प्राङ्गणमा भदौ २० गते विहान १० बजेबाट कार्यक्रम सुरु हुनेछ ।
इच्छुक महिला दिदिबहिनीहरुले भदौ १८ गतेभित्र टिम दर्ता गर्न सक्ने छन्, भने गीतमा महिला हिंसा वा कोभिड १९ सम्बन्धी विषयलाई समेट्न भनिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिने गाउपालिकाले जनाएको छ ।