धादिङमा २१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्, भने २ जनामा शनिबार संक्रमण पुष्टि भएको छ ।

शनिबार धादिङ्ग हस्पिटलमा २३ जनाको एनटीजेन परिक्षण गरिएका मध्ये २ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादङले जनाएको छ ।

योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या १ सय ८ पुगेको छ । संक्रमितमध्ये हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ९८ रहेका छन् ।

Facebook Comments