धादिङको गजुरी गाउँपालिकामा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

गजुरी– ५ बञ्चरेडाँडामा एनसेलको तार छिनेर बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएको करेन्ट लागेर दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

मृत्यु हुनेमा स्याङ्जाका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन्। घाइते भएका पोखराका भुवन बराललाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी खड्काले बताउनुभएको छ।

 

Facebook Comments