
लमजुङमा खुकुरी प्रहारबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा राईनास नगरपालिका- ९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। खुकुरी प्रहारपछि गम्भीर घाइते भएका आलेको भरतपुर हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो नयाँ पत्रिकाको अनलाईन संस्करणमा समाचार छ ।
मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो। आलेलाई खुकुरी प्रहार गर्ने सुरज थापा फरार रहेका छन्। फरार थापा ट्याक्टरचालक भएको बताइएको छ। खुकुरी प्रहार गरी फरार भएका थापाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।