धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेका गणेशबहादुर गुरुङ इन्डियन आर्मीका लाहुरे हुनुहुन्छ । उहाँले २० वर्ष भारतिय सेनामा रहेर सेवा गरे । तर उहाँको रिटाएर जीवन खेतवारीमै वित्न थालेको छ । कृषि क्षेत्रमा भविष्य खोज्दै गरेका गुरुङ भन्नुभुहुन्छ– नेपालको कृषि क्षेत्रमा सुनौलो भविष्य छ । तर हामीले चिन्नै सकेका छैनौं । नुनकै जोहो गर्न दुइ दशक विदेशिएको म, अब गाउँकै माटोमा सुन फलाउछु भनेर ड्रागन खेती थालेको हुँ ।

ड्रागन फ्रुट धादिङको किसानका लागि नौलो खेती हो । तर गुरुङले पात्लेमै तिन रोपनी जग्गा २० वर्षको लागि लिजमा लिएर व्यवसायिक रुपमा २ सय भन्दा बढी ड्रागन फ्रुट खेती शुरु गर्नुभएको छ ।  गुरुङ भन्नुभुहुन्छ– पहिले कागती, अखबरे खुर्सानी, धान मकै कोदो लगायतका बालि लगाइन्थ्यो । तर दुख अनुसार उत्पादन कम हो कि भन्ने लाग्यो । सामाजिक सञ्जाल, युट्यूव हेरेर ड्रागन खेतीको बारेमा जानकारी पाएपछि उत्तम विकल्पको रुपमा ड्रागन रोजाइमा परेको उहाँले बताउनुभयो । अधिकाशं ज्ञान सामाजिक सञ्जालबाटै पाएँ । ड्रागन खेती शुरु गरेपछि प्राविधिकहरुबाट पनि सिक्दैछु । जीन्दगी नै सिकाइ रहेछ । तर ड्रागन खेतीमा सफल हुनेमा विश्वस्त रहेको गुरुङले बताउनुभयो ।

६ महिना अघिबाट ४ लाख लगानीमा उनले ड्रागन खेती शुरु गरेका हुन् । धादिङमा ड्रागन खेती नौलो भएकोले विरगंजबाट विरुवा ल्याएका गुरुङले अहिले आफैले नर्सरीको पनि शुरु गरेका छन् । उहाँ भन्नुहुन्छ– नौलो बाली भएकोले गाउँमा धेरैले विश्वासै गरेनन् । बर्षाेदेखि गरिरहेको बालीहरु त उत्पादन घट्दैछ । नयाँ खेतीले उत्पादन भन्दा लगानी क्षति डुब्ने हुने हो कि भन्ने त्रास थियो । तर हुर्कदै गरेको ड्रागन फ्रुटको विरुवासँगै अहिले मेरो खुषी पनि फलाएको छ, मुस्कुराउदै उहाँले बताउनुभयो ।

ड्रागन फ्रुट खेती गर्न सहज, विस्तारै बढ्दै गरेको माग, थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने, स्वास्थ्यका लागि पनि उत्तिकै राम्रो मानिन्छ । तिन वर्षबाट राम्रो उत्पादन दिने भनिएपछि १ वर्षदेखिनै ड्रागन फ्रुटको उत्पादन लिन सकिन्छ । गुरुङ भन्नुहुन्छ– दीर्घरोगीहरुका लागि ड्रागन फ्रुट राम्रो हो । क्यान्सरका विरामीका लागि झनै उपयुक्त मानिन्छ । विदेशतिर त यसको अत्यधिक माग भैसकेको छ । नेपालमा पनि केहि वर्षमा यसको माग ह्वात्तै बढ्ने बताउनुभयो ।

ड्रागन खेतीसँगै उनले कागती र अखवरे खुर्सानी पनि लगाएका छन् । खुर्सानीबाटै एक लटमा २/३ लाख रकम आम्दानी हुने गुरुङ बताउँछन् । कृषि क्षेत्रमा पैसइ पैसा छ । उहाँ भन्नुहुन्छ– देशमा रोजगारी भएन भनेर युवाहरु भौतारिरहेका छन् । तर नेपाली माटोमा सुन फल्ने नदेखेका उनीहरु विदेशी भूमिमा मूल फुटाउन कुदिरहेका छन् । ड्रागन फल्न थालेपछि मेरो नसोचेको आम्दानी हुन्छ । त्यसपछि अरुका लागि पनि सिकाइ हुनेछ । गाउँका युवा शक्ति कृषिमै लाग्ने उत्प्रेरणा मिल्ने उहाँ बताउनुहुन्छ ।

व्यवसायिक रुपमा ड्रागन खेती गरेका गुरुङ ड्रागन खेतीबाट मात्रै वार्षिक १२ लाख आम्दानी गर्ने सोचमा छन् । लगानी र थप विरुवा थप्दै लैजाने उनको लक्ष्य छ । बजारको खासै समस्या पर्दैन । उहाँ भन्नुहुन्छ– घरदेश बाँझिएको थाहा पाउन २० वर्ष लाग्यो । किन कि २० वर्ष मैले परदेशमा पसिना बगाएँ । रिटाएर जीवन पछि मात्रै चिने । तर वार्षिक लाखौ रकम तरकारी तथा फलफुलबाट आम्दानी गरेर पात्ले गाउँलाई नै फलफुल तथा तरकारीको हव बनाउने सोचमा रहेको बताउनुभयो ।

गुरुङ कृषि फर्म दर्ता गरेर गुरुङले कृषि कर्म थालेका हुन् । गुरुङले तरकारीबाट फाइदा लिएको देखेर गाउँका युवाहरुले उनको सिको गर्न थालेका छन् । बेरोजगार युवाहरु कृषि क्षेत्रमा आकर्षित बनेका हुन् । कच्ची सडक सञ्जाल पुगेको पात्लेमा सडकको राम्रो व्यवस्था हुने हो भने किसानहरु आत्मनिर्भर बन्न सहज हुने गुरुङले बताउनुभयो ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments