
नेपाली काँग्रेस धादिङको वडा तहको सभापतीहरुको बल्ल टुङ्गो लागेको छ ।
सदरमुकाम धादिङवेशींमा रहेको निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा होमनाथ रिजाललाई चयन गरेको छ ।
निलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुंगाना प्यानलबाट सभापतीका दावेदार गोपीकृष्ण भण्डारी र नेपाली कांग्रेस धादिङका पूर्वसभापती रामनाथ अधिकारी प्यानलका सभापती दावेदार ईश्वर अर्याल दुबै जनालाई व्याक गराउँदै कांग्रेसले रिजाललाई वडा सभापतिमा चयन गरेको हो ।
यता ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा पनि वडा सभापतीको टुङ्गो लागेको छ । ढुंगाना पक्षले सभापति सहित २६ जना मात्रै आफुहरुले लिने र बाँकी सबै अधिकारी पक्षलाई दिने राजनितिक सहमतिपछि श्रीराम शाह वडा सभापतिमा चयन हुनुभएको छ ।
वडा सभापती चयन भएको भएपनि क्षेत्रिय प्रतिनिधिहरुको भने अझै टुङ्गो लागिसकेको छैन । २६ गते निर्वाचनबाट प्रतिनिधिहरु चयन गरिने नेपाली कांग्रेस धादिङका नबराज तिमिल्सीनाले जानकारी दिनुभयो ।
जिल्लामा रहेको १ सय ४ वडा मध्ये १ सय २ वडामा यसअघि नै सभापतिको टुङ्गो लगाइसकेको छ । वडा सभापतिमा भीमप्रसाद ढुंगाना पक्षको बाहुल्यता देखिएको छ भने सबै पदमा निर्वाचित हुनेमा रामनाथ अधिकारी पक्षको बाहुल्यता देखिएको छ ।