धादिङमा जारी निषेधाज्ञा असोज ४ गतेसम्म लम्ब्याईएको छ ।

शुक्रबार बसेको जिल्ला विपद व्यवस्थापन समिति डिसिसिएमसिको बैठकले जिल्लामा जारी निषेधाज्ञा असोज ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा शैक्षिक सस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गराउन पर्ने भएमा स्थानीय तहहरुले डिसिसिएमसिसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने, सभा जुलुस तथा जात्रा महोत्सव, भोज आदि नगर्ने, धार्मिक स्थलमा गरिने नित्य पुजा बाहेकका कार्य गर्न जमघट र भेला हुन नपाईने,

आर्थिक, सामाजिक तथा व्यवसायिक क्रियाकलाप गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मपदण्ड पालना गर्ने, होटल र पसल व्यवसाय विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ ।

आदेशको अवज्ञा गर्ने जो कोहीलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने डिसिसिएमसिले जनाएको छ ।

Facebook Comments