पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध गर्दै देशभर चरणवद्ध रुपमा विरोध प्रदर्शन भइरहेको छ । नागरिक समाजले विभिन्न अभियानमार्फत एमसीसी पास गराउन नहुने भन्दै विरोध गरिरहेका छन् । अभियान अन्तर्गत शनिबार सदरमुकाम धादिङबेशीमा स्वतन्त्र नागरिक अभियानले सदरमुकाम धादिङबेशीमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा तत्काल एमसीसी पास गराउने तयारीमा लागेको भन्दै त्यसलाई रोक्न दबाब दिने उद्देश्यले विभिन्न चरणमा ठाउठाउमा विरोध प्रदर्शन गर्दै आएको हाम्रो नेपाल हामी नेपाली अभियानका प्रवक्ता दशरथ भण्डारीले जानकारी दिनुभयो ।

नेपालको भुमिमा विदेशीको हस्तक्षेप नेपालीलाई कहिल्यै मान्य नहुने प्रवक्ता भण्डारलिे बताउनुभयो । स्वार्थले जेलिएको यस्तो सहयोग स्विकार्न नहुने बताउँदे ५९ अर्बमा देश बच्न लाग्ने भन्दै नेताहरुलाई प्रश्न गर्नुभयो । देशको स्वाधिनता अखण्डता सँगै सिंङ्गो मुलकनै अप्ठ्यारो स्थितिमा आएकाले सबै नागरिक एकजुट हुनुपर्ने हाम्रो नेपाल हामी नेपाली अभियानका जिल्ला संयोजक दिपेन्द्रराज शर्माले बताउनुभयो ।

विदेशीले नेपाली भुमिमा, नेपाल आमाको छातीमा बुट नबजारोस् भन्ने उद्दश्येले विना कुने स्वार्थमा एमसिसिको विरुद्धमा उत्रिएको शर्माले बताउनुभयो । विरोधमा उत्रिएका युवाहरुले देशमा कुनै पनि हालतमा एमसिसि कार्यान्वयन हुन नदिने बताउदै राष्ट्रघाती एमसीसी पास गर्न पाइदैन, एमसीसी चाहिदैन लगायतका नारा लगाएका थिए ।
भिडियो हेर्नुहोस्:-