
कृषि ज्ञान केन्द्र धादिङले स्थानिय तहको कृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा द्धैमासिक बैठक सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्विकृत कार्यक्रम अन्र्तरगत पहिलो द्धिमासिक बैठक सम्पन्न गरेको कृषि ज्ञान केन्द्र धादिङका जयराम अधिकारीले जानकारी दिनुभयो ।
धादिङका १३ ओटा स्थानिय तह मध्ये बेनिघाट रोराङ गाउँपालिका बाहेक १२ ओटा स्थानिय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा संघिय प्रदेश सरकाबाट स्विकृत प्रधानमन्त्री कृषि आधुनिकिकरण लगायत कार्यक्रमहरु कसरी प्रभावकारी रुपमा संञ्चालन गर्ने, रोग, किरा ईत्यादी फैलियो खण्डमा के गर्ने ? कार्यक्रम सञ्चालन गर्दा आउने समस्या तथा समाधानका उपाय लगायतका विषयमा छलफल भएको थियो ।
कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन धादिङमा होमनाथ लसालको प्रमुख आतिथ्य तथा सुआहारा परियोजना बागमती प्रदेशका कृषि संयोजक डा.श्याम अधिकारीको आतिथ्य रहेको थियो ।
यस्तै बैठकमा कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलले गत आर्थिक वर्षमा संञ्चालन भएका कार्यक्रम तथा यस वर्ष संञ्चालन हुने कार्यक्रमका विषयमा प्रस्तुत गर्नुभएको थियो । साथै सहभागी स्थानिय तहका कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरुले कृषि सम्बन्धी भएका कार्यक्रम, हुन नसकेका कार्यक्रम तथा यस वर्ष संञ्चालन हुने कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा आज स्थानिय तहसँग समन्वयात्मक अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु सेवा सम्बन्धी संञ्चालन भएका कार्यक्रम, सुरुवा रोग फैलियो भने के गर्ने ? पशु प्राविधिकहरुको समस्या, तथा समाधानका उपाय लगायतका विषयमा छलफल भएको ज्वालामुखी गाउँपालिकाका पशु सेवा शाखाका कार्यालय प्रमुख झम्क सिंखडाले जानकारी दिनुभयो ।
छलफल भएका विषयवस्तु माथी भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धादिङका कार्यलय प्रमुख डा.सन्दिप सिलवालले सहजीकरण गर्नुभएको थियो । अन्र्तरक्रिया कार्यक्रममा धादिङका १३ ओटै स्थानिय तहका पशु सेवा शाखाका कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।