२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक किशोरी बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक किशोरी बेपत्ता
DCIM100GOPROGOPR0776.
सेयर गर्नुहोस्
०सेयर

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर मङ्गलवार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

आफ्ना दुई साथीसँग घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेकाे सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।