
गठबन्धन सरकारले धेरै काम गर्न नसकेको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले बताउनुभएको छ । धादिङ अस्पतालले सोमबार आयोजना गरेको अक्सिजन प्लान्ट उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री कटुवालले यस्तो बताउनुभएको हो ।
अहिलेको गठबन्धन सरकारले केहि गर्न नसकेता पनि आफ्नो कार्य अवधिभर योजनाका साथ काम गर्ने स्वास्थ्य मन्त्री कटुवालले बताउनुभयो । एक दिनको भए पनि एक घण्टाको भए पनि जति दिनको लागि मन्त्री भए पनि आफुसगँ योजना रहेको उहाँको दावी छ । देश बनाउनका लागि सानैदेखि राम्रो काम सिकेको र आफ्नो कार्य अवधिभर, योजनाका साथ काम गर्ने उहाँले बताउनुभयो ।
अस्पतालको व्यवस्था र समस्याको बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्नुहुदै उहाँले कोभिड १९ को समयमा खटिएका स्वास्थ्य कर्मीहरुलाई जोखिम भत्ता नआएको, अस्पतालमा मेसिन भए पनि सेवा दिनको लागि डाक्टरको अभाव र थप सेवा विस्तारको लागि भवनको अभाव भएको बताउनुभयो ।
त्यस्तै भवन निमार्णलाई पहिलो प्राथमिकता दिने बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले बताउनुभयो । मन्त्री रहे पनि नरहे पनि धादिङ अस्पतालको भवन निमार्ण विषयमा योजनाको जानकारी गराउने प्रतिबद्धता गर्नुभयो । अस्पतालमा पिसिआर मेसिन पनि छिटो जडान गर्न उहाँले आग्रह गर्नुभयो ।
अक्सिजन मेसिन सबै विरामिलाई काम दिने भए पनि पिसिआर मेसिन कोभिड १९ अत्य भए पछि सदुपयोग नहुने भएकोले छिटोभन्दा छिटो जडन गर्न आग्रह गर्नुभयो । स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि गर्ने र थप स्वास्थ्य कर्मीको व्यवस्था गर्ने पनि यहाँले बताउनुभयो ।
बागमती प्रदेशले धादिङ अस्पताललाई अक्सिजन प्लान्ट उपलब्ध गराएको हो । सोमबार उद्घाटन गरिएको अक्सिजन प्लान्टबाट १ दिनमा ५५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्ने छ । त्यस्तै सोमबारै थाइराइड चेक गर्ने ल्याब मेसिनको समेत उद्घाटन गरिएको छ । उक्त नयाँ प्रबिधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डि र हम्रोन प्रोफाइल समेत जाँच गर्न सकिने जनाइएको छ ।