असोज ५, धादिङ ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का गायक तथा कलाकार जीत बहादुर कुमालको नयाँ दशैं, तिहार गीत ‘के गरि मनाउनु दशै तिहार’ बजारमा आएको छ ।

जीत बहादुर कुमाल र अनुशा चेपाङको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको हो । यस गीतमा प्रदिप प्रखर पोख्रेल र महेश विक्रम पाण्डेको शब्द तथा पुजा गुरुङको लय रहेको छ । पुनम रेकर्डिङ स्टिडियोले गीतलाइ बजारमा ल्याएको हो ।

यो गीतमा बैदेशिक रोजगारीको शिलशिलामा रहेका नेपाली युवाहरु दशैं तिहार तथा चाडबाडको समयमा घर आउन नपाएको, आफ्नो परिवारसँग विछोडिन पर्दाको क्षणलाइ समेटेर तयार पारिएको मार्मिक शब्द तथा कथामा आधारित रहेको छ । लोक गायक तथा कलाकार जीत बहादुर कुमालले यस अघि पनि विभिन्न गीतहरु गाएको थियो ।

के गरि मनाउनु दशैं, तिहार भिडियो :-

 

Facebook Comments