धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी चयन हुनुभएको छ ।

शनिबार धादिङबेसीमा सम्पन्न प्रथम अधिवेशनले भेषराज ठकुरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दान बहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा अनिता छत्कुली लोहनी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्षमा किरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा प्रेमकुमार श्रेष्ठ, सचिवमा लक्ष्मी गिरि चयन हुनुभएको छ ।

जिल्लाभित्र आइपरेका दुर्घटना वा बिपत्तिहरुमा सोसियल भोलेन्टियरहरुले प्राथमिक उपचार र उद्दारको काम गर्दै आएको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटनादेखि ग्रामीण क्षेत्रमा हुने दुर्घटना र बिपत्तिमा सहयोग गर्दै आएको छ । मन्दिर, बिद्यालय लगायत सार्वजनिक स्थलहरुमा बृक्षारोपण, सरसफाइ, खेलकुद आयोजनाको काम पनि गर्दै आएको छ ।

विभिन्न पर्वहरुको अवसर पारेर रक्तदानको आयोजना पनि गर्दै आएको छ । अधिवेशनको अवसरमा धादिङ जिल्लाका पहिलो एम्बुलेन्स चालक मिलन भण्डारीलाई सम्मान गरेको छ । कार्यक्रमकै अवसरमा संयुक्त एम्बुलेन्स चालक समाज धादिङमा नवनिर्वाचित कार्यसमितिलाई पनि बधाईसहित सम्मान गरेको छ ।

Facebook Comments