नेपालकै पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गजुरी र धादिङ शाखाले शनिबार आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहका विच अभिर्कताहरुलाई सम्मान गरेको हो ।

गजुरी स्थित होटल महाशक्तीमा भएको सम्मान कार्यक्रममा विभिन्न शिर्षकमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । २ करोडको एजेन्सी अफिस लक्ष्य हासिल गर्न सफल गजुरीका चिफ विजनेस म्यानेजर रवि प्रसाद न्यौपाने र १ करोडको एजेन्सी अफिस लक्ष्य हासिल गर्न सफल गजुरीका चिफ विजनेस म्यानेजर पदमलाल श्रेष्ठलाई विशेष अवार्ड प्रदान गरेको छ ।

यस्तै सेल्फ कोडमा धेरै विजनेस गरेरे गजुरीका प्रतिकला कंडेल प्रथम हुनुभएको छ । भने गजुरीका कल्याण श्रेष्ठ दोश्रो, तारा रिजाल तेस्रो, आदमाघाटका योगेन्द्र कुमार बस्नेत चौथो र चरौदीका अर्चिता उप्रेती पांचौ हुनुभएको छ । सेल्फ कोडमा धेरै विजनेश गर्नेहरुलाई क्रमश ट्रफी एवं प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै सेल्फ कोडमा उत्कृष्ट व्यवसाय संकलन गर्न सफल अभिकर्ताहरुलाई ट्रफी प्रदान गरिएको छ ।

सेल्फ कोडमा उत्कृष्ट व्यवसाय संकलन गर्नेहरुमा गजुरीका सुजित श्रेष्ठ, फिस्टारका देवकी दनै थपलिया, काठमाण्डौंका मेनुका श्रेष्ठ, धादिङवेशीका गिता लामा, गजुरीका सानु अधिकारी थपलिया, गोर्खा मनकामनाका प्रविन थापा, धादिङवेशीकै रोहित भण्डारी, सलाङघाटका बिमला ढकाल र किराञ्चोकका सरस्वती गुरागाई हुनुहुन्छ । यस्तै कार्यक्रममा संजालबाट उत्कृष्ट ब्यवसाय संकलन गर्न सफल अभिकर्ताहरुलाई पनि ट्रफी प्रदान गरि सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा रकेश्ना बस्नेत, पिडाका ईच्छा सुवेदी, पिपलटारका अक्षय कुमार रिजाल, कुरिन्टारका राम प्रसाद त्रिपाठी, धादिङवेशींका नरबहादुर गुरुङ, गजुरीका नविन गुरुङ, धादिङवेशींका विष्णुबहादुर अर्याल, गल्छीका शर्मिला श्रेष्ठ, वेनिघाटका सुनिता दाहाल जमकट्टेल, मलेखुका कुलकुमारी त्रिपाठी, बसन्त सिलवाल र धादिङवेशीका हरिकृष्ण लंसाल रहनुभएको छ ।

यस्तै कार्यक्रम घोषणा भएको असोज १० देखी असोज १५ गते सम्म एक हप्ताको व्यवसायको आधारमा कृतिका श्रेष्ठले जित्नुभएको छ । भने फस्ट रनरअप निर्मला अधिकारी खतिवडा, सेकेन्ड रनरअप कुन्ता पोखरेल र ईम्जीङ स्टार शिर्षकमा आश्मा कंडेल सम्मानीत हुनुभएको छ ।

नेश्नल लाईफ ईन्स्योरेन्स गजुरी शाखा प्रमुख रामचन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नुवाकोटका शाखा प्रमुख कृष्ण प्रसाद भट्टको प्रमुख आतिथ्य रहेको थियो ।

धादिङका शाखाका प्रमुख काजी श्रेष्ठले संञ्चालन गर्नुभएको कार्यक्रममा प्रध्यापक एवं समाजसेवी एवं नुवाकोट शाखामा कार्यरत एजेन्सी म्यानेजर राम प्रसाद रिजाल, चिफ विजनेश म्यानेजर रवि प्रसाद न्यौपाने र पदमलाल श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।

नेपाल सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंक प्रबर्द्धक रहि नेपालकै पहिलो जीवन बीमा कम्पनीको रूपमा बि. सं. २०४४ सालमा स्थापित नेशनल लाईफमा बीमा गर्दा सुरक्षित एबम उच्च प्रतिफलः उच्च ग्राहक बोनस दर, आकर्षक बीमा योजनाहरु, देशब्यापी शाखा संरचना, कुनैपनी शाखाबाट सेवा लिन सकिने, अनुभवी एबम दक्ष व्यवस्थापन टिम रहेको यस कम्पनीका विशेषता हुन् ।

Facebook Comments