नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिकाको नगर सभापतिमा २ सय ५४ मत ल्याई शम्भुसिंह ठकुरी विजयी हुनुभएको छ । सभापतिका लागि ठकुरी र धु्रव रिजालबीच मतदान भएको हो । उम्मेद्वार ध्रुव रिजालले २२० मत प्राप्त गर्नुभएको थियो ।
४ सय ८९ मतदाता मध्ये ४ सय ८७ मतदाताले मतदान गरेका थिए । उपसभापतिमा ठकुरी प्यानलका चित्रकुमारी भण्डारी र शम्भु मल्ल ठकुरी विजयी हुनुभएको छ ।
सचिवमा रिजाल प्यानलबाट इश्वर अर्याल र राम आले मगर विजयी हुनुभएको छ । सहसचिवमा ठकुरी प्यानलका तुलसी तिमल्सिना र देवकी आचार्य विजयी हुनुभएको छ । सदस्यहरु भने दुबै समुहका बराबरीमा सर्वसम्मत छानिएका छन् ।
केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै असोजक ९ गतेको निर्वाचन स्थगित गरिएको थियो । दुईपक्ष विच विवाद हुँदा मतदान सुरु भएको केहिबेरमै मतदान स्थगित भएको थियो ।