जिल्ला प्रहरी कार्यालय धादिङले “६६ औँ प्रहरी दिवस २०७८“ सप्तहव्यापी कार्यक्रम गरि मनाएको छ ।

सप्तहव्यापी कार्यक्रममा बुधबार देशै भरी विभिन्न द्धन्द्धको समयमा ज्यान गुमाएका अमर प्रहरीहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । धादिङका १० जना प्रहरीले द्धन्द्धको समयमा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरीको लागि विभिन्न ठाउँमा जग्गा दिने जग्गा दाता ३ जनालाई बुधबार सम्मान गरिएको छ ।

त्यस्तै सप्तहव्यापि कार्यक्रममा छुट्टा छुटै दिन भिन्न भिन्न कार्यक्रम गरिएको थियो । मास्क वितरण, मठ मन्दिर सरसफाई, रक्तदान, वृक्षा रोपण, आन्तरीक खेलकुद कार्यक्रम गरिएको थियो । उत्कृष्ट कार्य गर्ने प्रहरी हबल्दार प्रकास जैसी, आन्तरीक खेलकुद कार्यक्रममा उत्कृष्ट हुने प्रहरी जवानद्धय कमला नेपाल र शम्भु गीरी पुरस्कृत भएका छन् ।

Facebook Comments