धादिङको नेत्रावती डबजोङ गाउपालिकाको वडा नम्वर १, मार्पाकमा भएको दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधी सबिन तामाङले जित्नुभएको छ । प्रतियोगितामा खनियाबास गाउपालिकाका सबिन तामाङ्ग र नेत्रावती डबजोङ्ग गाउपालिकाका नकुल अधिकारी फाईनलमा प्रवेश गर्नुभएको थियो ।

प्रतियोगितामा प्युठान जिल्लाका १ जना, खनियाबास गाउपालिकाका १ जना र नेत्रावती डबजोङ्ग गाउपालिकाका १४ जना गरि कुल १६ जना खेलाडीहरु सहभागी थिए । असोज २४ गतेबाट शुरु भएको प्रतियोगितामा बिजेता हुनुहुने सबिन तामाङ्गले नगद रु ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने उपबिजेता हुने नकुल अधिकारीले नगद रु ५ हजार ५ सय ५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

यस्तै तृतिय हुने नयन अधिकारी र आश्विन तामाङ्गले नगद रु २ हजार २ सय २२, गिफ्ट र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा उदियमान युवा खेलाडी शिशिर तामाङ्गलाई “ईमर्जिङ्ग प्लेयर अफ दि टुर्नामेन्ट“ स्वरुप र्याकेट र प्रमाणपत्र प्रदान गरियो साथै ४ जना क्वाटरफाईनलिष्ट खेलाडीहरुलाई समेत पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

साथै प्रारम्भिक चरणबाट बाहिरिने ८ जना खेलाडीहरुलाई समेत मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालको तर्फबाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको प्रतियोगिता संचालक शिव कार्कीले जानकारी दिनुभयो ।

मार्पाक सामुदायिक क्लबको आयोजनामा धादिङ्ग जिल्ला ब्याडमिन्टन संघको संयोजन तथा नेत्रावती डबजोङ्ग गाउपालिकाको सहकार्यमा संचालित प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन नेत्रावती डबजोङ्ग गाउपालिकाले गरेको थियो भने दृितिय पुरस्कारको प्रयोजन क्लबका संरक्षक, समाजसेवी तथा नेकपा एमालेका नेता उत्तम अधिकारीले गर्नुभएको थियो

साथै २ वटा तृतिय पुरस्कार तथा खेल सामाग्रीको प्रायोजन स्वर्गीय बोर सिंह अधिकारी र खड्क कुमारी अधिकारीको संझनामा तारादेवी कुमालले गर्नुभएको थियो र समाजसेवीहरु दिपक अधिकारी र अदिप अधिकारीले खेल सामाग्री सहयोग गर्नुभएको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी गराउनुभयो ।

Facebook Comments