धादिङको नेत्रावती डबजोङ गाउँपालिका स्थित टासीजोङ गोन्पो गुम्बामा न्युङ्ने वर्त  बस्नुभएका लामागुरु र अन्य मानिसहरु । तस्विर : डोल्मा मम्बा

दशैको फुलपातीको दिनदेशी सुरु भएको न्युङ्ने मौन वर्त शुक्रबारदेखी सकिएको छ ।

जिल्लाको विभिन्न बौद्ध गुम्बाहरुमा लामा गुरु लगायत बौद्ध धर्ममा आस्था राख्नेहरु पानी पनि नखाई निराहार बर्त बसेका थिए । दसैंमा हजारौं पशु पंछीको बलि दिने चलन छ । दशैमा बलि दिने तीनै प्राणीहरुको आत्माले शान्ति मिलोस् भन्दै बौद्धधर्मावलम्बीहरु फुलपातीको दिनदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बस्ने गर्दछन् ।

बौद्धधर्मअनुसार न्युङ्ने अन्य समयमा पनि बस्ने चलन छ तर दशैमा बस्ने न्युङने ब्रतको भने छुट्टै महत्व छ । दशैमा न्युङने बस्दा सम्पूर्ण हत्या गरिएका पशु पन्छीको आत्माले शान्ति पाउनुकासाथै अन्य प्राणी र जगतलाई नै राम्रो हुने बौद्ध ग्रन्थहरुमा उल्लेख छ । पछिल्लो समय लामा गुरुहरु मात्र नभई बौद्ध धर्ममा आस्था राख्ने अन्य मानिसहरु पनि न्युङ्ने बर्त बस्ने गरेका छन् । वर्षभरि जानी नजानी गरेका गल्तीहरुको प्रयास्चीत गर्न लागि पनि न्युङ्ने बर्त बस्ने गरेको छन् ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका स्थित टासीजोङ गोन्पो गुम्बामा फुलपातीको दिनदेखी लामा गुरुहरुले सुरु गरेको न्युङ्ने बर्त शुक्रबार पुजापाठ गर्दै समापन गरेको छ ।

Facebook Comments