नेपाली कांग्रेसका नेता प्रकासमान सिंहले कांग्रेसमा देखिएको गुटलाई मेटाउन आफु लागि परेको बताउनुभएको छ ।
विहिबार धादिङका पत्रकारहरुसगँ भएको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आगामी महाधिवेशनमा सतहमा देखिएको गुटको राजनीति तोडेर सभापतिको उम्मेदवारी दिने उहाको भनाइ छ ।
१४ औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे दुबै गुटका नेतासँग छलफल भइसकेको पनि उहाले बताउनुभयोे । निर्वाचनको बेला मात्रै जुर्मुराएर पार्टी सुदृढ नहुने भन्दै सिंहले यो महाधिवेशनमा अनुभवी र खारिएको नेतालाई उम्मेदवार बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पाटीमा सुद्धिकरण, सुदृकरण र मुल्याङ्कनको प्रथा अनुसार सबैले मौका दिने पाटीको रुपमा कांग्रेसलाई परिचित गर्ने उहाँले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसको नेतृत्व नै ठिक नभए पछि जनताले बिस्तारै विर्सने अवस्थामा जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । नेतृत्वले पाटीको विधान अनुसार कार्य नगर्दा हुने तितो अनुभव अहिले गरेको उहाँले बताउनुभयो ।
नेता सिंह नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधनपछि अधिकारीलाई समवेदना दिन धादिङ आइपुग्नु भएको हो ।
भिडियो हेर्नुहोस्:-











