२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा एमाले धादिङको ७ ओटा स्थानिय तहमा वडा अधिवेशन सम्पन्न

नेकपा एमाले धादिङको ७ ओटा स्थानिय तहमा वडा अधिवेशन सम्पन्न
सेयर गर्नुहोस्
०सेयर

नेपाल कम्यूनिष्ट पाटी नेकपा एमाले धादिङको अधिकांश वडामा सर्वसम्मत चयन भएका छन् ।

यो समाचार तयार पार्दा सम्म धादिङको १३ ओटा स्थानिय तहमध्ये ७ ओटा स्थानिय तहको वडा अधिवेशन सम्पन्न भएको छ । निलकण्ठ, धुनिवेशी नगरपालिका, थाक्रे, गजुरी, वेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, खनियावास गाउँपालिकाको सबै वडामा सर्वसम्मत वडा अध्यक्ष चयन भएको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो ।

यस्तै गल्छीको ७ ओटा वडा, गंगाजमुना ४ ओटा, नेत्रावती ३ ओटा, र रुविभ्याली गाउँपालिकाको ३ ओटा वडामा अधिवेशन सम्पन्न भईसकेको पनि उहाँले जानकारी दिनुभयो । वडा तहमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव २ जना गरी ३१ सदस्यीय कमिटि चयन हुनेछ ।

१ सय ४ ओटा वडा मध्ये ९० ओटा वडाको अधिवेशन सम्पन्न भइसकेको र आज रातीसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पनि प्रचार विभाग प्रमुख सापकोटाले बताउनुभयो । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर आज वडा तहको अधिवेशन भईरहेकोे छ ।

एमालेले कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।