कार्तिक ३, धादिङ ।
नेपाल सरकारले ३ दिन देखि जारी बेमौसमी बर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका आफन्तका परिवारलाई राहात र क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई राहात र क्षतिपूर्ति साथै घाईतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको निर्णय अनुशार परिवारको एक जना सदस्यको मृत्यु भएको अवस्थामा प्रति परिवार दुई लाख रुपैंया र एक जनाभन्दा बढि सदस्यको मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति थप एक लाख रुपैंयाका दरले राहात दिने निर्णय गरेको छ । यसका साथै बाढीपहिरोकाबाट पूर्ण रुपमा घर क्षति भएकाहरुको लागि पाँच लाख रुपैंयासम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । धान लगायत अन्य अन्न बालिहरुको क्षतिको मूल्याङकन गरि सोहिअनुसार क्षतिपूर्ति उपलब्ध गराउने समते निर्णय गरेको छ । सरकारले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहातको लागि सम्बन्धित सबै संयन्त्रहरुलाइ प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।