२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा गुडिरहेको बसमा आगलागी, बस जलेर पूर्णरुपमा नष्ट

धादिङमा गुडिरहेको बसमा आगलागी, बस जलेर पूर्णरुपमा नष्ट

तस्विर : सेतोपाटी

पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको गजुरी गाउँपालिका वडा १ गजुरी बजारमा गुडिरहेको बसमा एक्कासी आगलागीहुँदा बस जलेर पूर्णरुपमा क्षती भएको छ ।

सुर्खेतबाट काठमाँडौ जाँदै गरेको ना ६ ख १४७१ नम्बरको बसमा आज विहान साढे २ बजे एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङको सञ्चार शाखाले जनाएको छ । बस पूर्णरुपमा क्षति पुगेको छ ।

घाईते कोहीपनि नभएका कारण बसमा सवार यात्रुको संख्या थाहा नभएको प्रहरीले जनाएको छ । वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।