बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले भ्रष्टाचार न्युनिकरण नै पहिलो काम हुने बताउनुभएको छ ।

नागरिक समाज धादिङद्धारा  सदरमुकाम धादिङबेशीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो कार्यकालमा भ्रष्टाचार हुन नदिने र भएका भ्रष्टाचारलाई पनि खोतलेर आम नागरिकसामु पेश गर्ने बताउनुभएको हो । यस्तै बाग्मती प्रदेशमा अरुले पनि अनुकरण गर्न योग्य काम गरेर देखाउने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता जनाउनुभयो ।

विकास निर्माणका योजनाहरु पास गर्ने सन्दर्भमा छिट्टो नजिता दिन सक्ने, नागरिकको आवश्यकता परिपूर्ति गर्न सक्ने खालका योजनाहरुलाई प्राथमिकता दिने पाण्डेले बताउनुभयो । ३ महिनाभित्र नतिजा दिने योजनाहरुलाई बढी महत्व दिने समेत बताउनुभयो ।

धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा जन्मनु भएका मुख्यमन्त्री पाण्डेले धादिङ जिल्लासगै बाग्मती प्रदेश भित्रका १३ वटै जिल्लाको शान मान र इज्जत बढाउने काम गर्ने बताउनुभएको छ । सबैभन्दा पछाडी परेका क्षेत्रको विकासको लागि विशेष जोड दिने पाण्डेले बताउनुभयो ।

बाग्मती प्र्रदेशभरि १ सय १९ वटा पालिका रहेका छन् । ती पालिकाहरुबाट पिछडिएका, अति विपन्न, सिमान्तकृत समुदायका नागरिकहरुलाई प्राविधिक शिक्षा प्रदान गरि योग्य जनशक्ति तयार गर्ने र उनीहरुलाई पालिकामै रोजगारी दिनेगरि योजना बनाएको समेत जानकारी दिनुभयो ।

नवनियुक्त मुख्यमन्त्री पान्डेलाई धादिङका नागरिक समाज संस्थाको सम्मान

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पान्डेलाई गृह जिल्ला धादिङमा सम्मान गरिएको छ ।

धादिङबेसिमा एक कार्यक्रमको आयोजना गरि शनिबार सम्मानपत्र सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्ग, धादिङ उद्योग बाणिज्य संघ, धादिङ जिल्ला बार एसोसिएसन, गैर सरकारी सस्था महासङ्ग र नेपाल घरेलु तथा उद्योग महासङ्ग लगायतका नागरिक समाज सस्थाको आयोजनामा कार्यक्रम गरिएको हो ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments