धादिङमा स्थानिय प्रशाासनले नियमित बजार अनुगमन गर्दै आएको छ । स्थानिय उपभोक्ताहरुले गरेको गुनासाको आधारमा प्रशाासनले चाडपर्व लक्षित मात्र नभई अन्य समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिईरहेको छ ।
तर स्थानिय प्रशासनले गरेको बजार अनुगमनलाई लिएर स्थानिय व्यवसायीहरु भने रुष्ट बनेका छन् । बजार अनुगमन उपभोक्ताको हितको लागि भन्दा पनि व्यवसायी प्रति लक्षित गरि नियतबस बजार अनुगमन भईरहेको व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुलाई जरिवाना तिराउनकै लागि अनुगमन भईरहेको उनिहरुको आरोप छ । नेपाल सरकार र भन्सारले छुट दिएको वस्तुलाई अनुगमनको नाममा नियतवस सामाग्री जफत गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
व्यवसायीलाई लक्षित गर्नुभन्दा उपभोक्ता जागरण अभियानलाई जोड दिनुपर्ने व्यसायीहरुको भनाई छ । धादिङवेशींमा रहेर व्यवसाय गर्दै आउनुभएका अशोक अधिकारील घरेलु उद्योगले भ्याट विल, प्यान विल, खरिद बिक्रि खाता हेर्न थालेपछी आन्तरिक राजस्वको को के काम ? भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

अनुगमन नै गर्ने हो भने सिमा नाकामा नै गर्नुपर्ने उहाँको भनाई छ । ठूलो ब्यापारि र कर्मचारिको सेटिङमा सामन छुट्ने तर बजार अनुगमनको क्रममा सानो ब्यापारीलाइ मिति देखा, लेवलिङ नगरेको भन्दै जरिवाना गरि आफुले श्रेय लिन मात्र खोजेको अधिकारीले बताउनुभयो ।
अनुगमनका नाममा नेपाल सरकार र भन्सारले छुट गरेको सामाग्रीलाई समेत स्थानिय प्रशाासनले मिति नराखेको, लेवलिङ नगरेको भन्दै जरिवाना लिरहेकाले यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
स्थानिय प्रशासनले अनुगमनको नाममा व्यापारहिरुलाई त्रसित र धरपकड गरेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो । कोभिड–१९ को मारमा परेको व्यवसायीलाई झन् यस्तो किसिमका अनुगमनले समस्यामा पारेको अध्यक्ष खत्रीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाइमा भैरहेको बजार अनुगमनले मूल्य नियन्त्रण र गुणस्तरीयतालाई सुनिश्चित गर्न सहयोग पुगिरहेता पनि पछिल्लो समय अनुगमनका नाममा व्यवसायीहरुको मनोबल खस्किने गरी अनावश्यक झमेला सिर्जना गर्ने, न्युनतम मानवीय संयमता समेत ख्याल नगरी व्यवसायीहरुको समस्या सुन्न नचाहने र ग्राहकहरुमा समेत नकारात्मक असर परेकाले बजार अनुगमनलाई मर्यादित र व्यवसाय केन्द्रित बनाउनुपर्ने उहाँले बताउनुभयो ।

धादिङ उद्योग वाणिज्य संघले स्थानिय प्रशाासनलाई गराएको ध्यानकर्षण पत्र