धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ मा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्।

मंगलबार राती कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। स्रोत :हिमालय टिभि

Facebook Comments