जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान तथा डाँका मुद्दाका फरार ४ जना प्रतिवादीलाई पक्राउ गरि आज सर्वजनिक गरीएको छ । यहि कार्तिक २४ गते धुनिबेशी नगरपालिका वडा नम्बर १ डाँडा गाउँकी ५९ बर्षिया तिर्थमायाँ तामाङको हत्या पछि मृतकले लगाएको सुन लुटेर सोहि स्थानका २१ बर्षिय बिर बहादुर तामाङ फरार भएका थिए ।

फरार बिर बहादुर तामाङलाई कार्तिक २५ गते धुनीबेशी नगरपालिका वडा नम्बर १ भञ्ज्याङ पोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपि) महेन्द्र खड्काले जानकारी दिनुभयो । प्रहरी चौकी जिवनपुर तथा ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको टोलीले फरार तामाङलाई पक्राउ गरेको हो ।

पक्राउपछि बिर बहादुर तामाङलाई सोधपुछ गर्दा निजले मृतक तिर्थमायाँ तामाङको कार्तिक २४ गते ढुंगाले टाउँकोमा प्रहार गरी हत्या गरेको र मृतकको साथमा रहेको सुनसमेत लुटी घटनास्थलबाट फरार भएको र उक्त सुन बिर बहादुर तामाङको भाइ १९ बर्षका सुवास तामाङ र बुहारी १८ बर्षकी सितल मित्रकोटीले लुकाएको र काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ का गोठाटार स्थित जे. एच ज्वेलर्स पसलका संचालक राम शरण राज सुनारलाई बिक्री गरेको बयान दिएका छन् ।

उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन, २०७४ को ज्यान सम्बन्धि कसुर र चोरी तथा डाका सम्बन्धि कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरिक्षक खड्काले बताउनुभयो ।

Facebook Comments