
यहि मंसिर ३ गते सम्पन्न हुने भनिएको नेपाली कांग्रेस धादिङको प्रदेश सभा क्षेत्रको निर्वाचन नहुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङले मंगलबार एक सुचना जारी गर्दै नेपाली कांग्रेस धादिङको प्रदेश सभा क्षेत्रको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन मंसिर ५ गते एकैदिन हुने जनाएको छ । यस्तै जिल्ला अधिवेशन भने मंसिर १० गते नै हुने निर्वाचन अधिकृत नन्दलाल महतोद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ।
यस अघि नेपाली कांग्रेस धादिङले प्रदेश सभा क्षेत्रको निर्वाचन मंसिर ३, प्रतिनिधि सभाको निर्वाचन मंसिर ६ र जिल्ला अधिवेशन मंसिर १० गते निर्णय भएको थियो ।